images

नवनियुक्त मन्त्रीहरूको सपथ आज ३ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहणको समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शपग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

लामो समयदेखि रिक्त मन्त्रालयमा नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ ।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

नेपाली कांग्रेस ८, एकीकृत समाजवादी र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन् ।