images

भारतमा रामनवमी मनाउन मन्दिर गएका भक्तहरू इनारमा खस्दा ३५ जनाको मृत्यु

एजेन्सी । भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् ।

दिल्लीको पटेलनगरस्थित मन्दिरमा रहेको इनारमा बिहीबार भक्तजनहरू खसेको बीबीसी हिन्दीले जनाएको छ ।

हिजो इनारबाट १४ शव निकालियो भने शुक्रबार बिहान अन्य २० शव झिकिएको हो । सुनिल सोलंकी नाम गरेका व्यक्तिको इनारभित्र खोजी भइरहेको पनि जनाइएको छ ।

बिहीबार सो घटना भएपछि १८ जनालाई भने जिवित्तै उद्धार गरिएको छ । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए ।

भीडको भार थाम्न नसक्दा स्ल्याब भत्किँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।