images

नवनियुक्त मन्त्रीहरु लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का सहितका मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पहिला खड्काले शपथ लिएपछि अन्य मन्त्रीहरुले पनि राष्ट्रपतिबाट शपथ लिएका छन्। प्रकाश शरण महत–अर्थमन्त्री ,रमेश रिजाल –उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, सिता गुरुङ –शहरी विकास मन्त्रालय , नारायणकाजी श्रेष्ठ–उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत–ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा नियुक्त भएका छन्।

अमनलाल मोदी–संघीय मामिला तथा सामान्य प्रशासन, बेदुराम भुसाल –कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अशोक राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शरद सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिन्द्र राय यादवले – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ , प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायतको उपस्थितीमा मन्त्रीहरुले शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएका हुन्।

सातौ पटक मन्त्रिपरिषद् पुर्नगठन भएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन।