images

समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने नवनियुक्त अर्थमन्त्री महतको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री डा.महतले समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् ।

अर्थमन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए । उनले साधारण खर्च कटौती गर्ने र प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए ।

अर्थमन्त्री महतले लगानी भित्र्याएर राजस्वको दायरा बढाउने प्रतिबद्धता जनाए ।