![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/01/congress.jpg?fit=592%2C500)
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै बारा २ मा हुन लागेको उपनिर्वाचनबारे छलफल जनाइएको छ ।