images

आज देशभर पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

पहाडी भूभागका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

देशभर सामान्य बदली भई लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।