images

उपाधिका लागि मनाङ र थ्री स्टार भिड्दै

काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी रंगशालामा फाइनलमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दुई चिरपरिचित प्रतिद्वन्दी मनाङ र थ्री स्टार आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् ।

जारी प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छन् ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।