images

तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ र तनहुँ १ मा वैशाख १० गते हुने उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । 

बारा २ मा को उम्मेद्वार बन्ने भन्ने बारे आइतबार मात्र टुंगो लाग्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए ।