![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/04/ramesh-kharel1_vcw221P8ga.webp?fit=840%2C561)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् ।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले यस्तो बताएका हुन् ।
खरेलले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताए । उनले आफूहरुमा अल्मलिने छुट नरहेको जिकिर गरे ।
नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।