काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रूपैयाँले घटेर एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला एक लाख ८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।