images

आइपिएलमा आज सनराईजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज सनराईजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन् ।

सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा राजिब गान्धी क्रिकेट स्टेडियम हैदराबादमा शुरु हुनेछ।

दुवै टोली एक अर्कालाई हराएर सिजनको सुखद सुरुवात गर्न चाहान्छन् । राजस्थान र हैदराबाद अहिलेसम्म १६ पटक आमने सामने भएका छन् । भएको १६ भेटमा राजस्थान र हैदराबाद दुवै ८ खेलमा विजयी भएका छन् ।