images

भारतका पूर्वक्रिकेटर सलीम दुर्रानीको निधन

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर सलिम दुरानीको निधन भएको छ ।

गुजरातमा ८८ वर्षको उमेरमा दुरानीको निधन भएको हो । बायाँ हाते ब्याट्सम्यान तथा लेफ्ट आर्म स्पिनर दुरानीले भारतका लागि २९ टेस्ट खेलेका थिए ।

जसमा उनले १२०२ रन जोड्दा ७५ विकेट लिएका थिए ।

उनले भारतका लागि अन्तिम पटक १९७३ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । आफ्नो जमानामा भारतको उत्कृष्ट अलराउण्डर मानिने दुर्रानीलाई दर्शकको मागमा छक्का वर्षाउने खेलाडी भनेर पनि चिन्ने गरिन्छ ।

क्रिकेटसँग जोडिएका संसारका चिरपरिचित व्यक्तिहरूले दुर्रानीको निधनमा श्रद्धाञ्जली दिइरहेका छन् ।

भारतीय क्रिकेट टिमका पूर्व कोच एवं खेलाडी रवि शास्त्रीले एक पुरानो तस्वीर ट्विट गर्दै दुर्रानीलाई सम्झिएका छन् ।