images

बारा २ मा जसपालाई कांग्रेसको साथ

काठमाडौं । बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने भएको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

१० वैशाखमा हुने उननिर्वाचनका लागि बारा–२ मा गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादवले तयारी गरेका छन् ।

जसमा कांग्रेसले साथ दिन लागेको हो । यता नेकपा एमालेले उम्मेदवार टुंग्याउन बाँकी छ । भने स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवप्रसाद कुशहवा र लोसपाबाट राजेन्द्र महतो उम्मेदवार रहेका छन् ।