images

रास्वपा सभापति लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

यसअघि लामिछानको नागरिकता प्रकरणमा सर्वोच्चमा रिट हालेका अधिवक्ता युवराज सफल राहदानी प्रकरणको रिट लिएर सर्वोच्च पुगेका हुन् । रिट सर्वोच्च पुगे पनि दर्ता भने भइसकेको छैन ।

गत ६ फागुनमा महान्यायधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेमाथि मुद्दा चलाउनुनपर्ने प्रतिवेदन दिएका थिए ।

अमेरिकी नागरिकता हुँदाहुँदै लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र उपयोग गरी नेपाली नागरिकता लिएको विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो ।