images

संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सरकार गम्भिर : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् ।

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उनको भनाई थियो ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भिर रहेको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या समाधान गर्ने सरकारको योजना छ ।

मन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नहटने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । मिटरव्याज पीडितहरुलाई न्याय दिलाउन काम टार्नका लागि उच्च स्तरीय आयोग बनाएको भनेर नसोच्न पनि सांसदहरुलाई पटकपटक आग्रह गरे ।

मन्त्री श्रेष्ठले सरकारले जनताको जीवनमा परिवर्तन ल्याउनका लािग विकास र समृद्धिको अभियानलाई तीव्रता दिने लक्ष्य लिएको पनि बताए ।