images

‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु शुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु शुरु भएका छन्।

आज हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबिचको खेल च्यासल मैदानमा भइरहेको छ ।

एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । जित विहीन पुलिस पहिलो ३ अंकको योजनाका साथ मैदान उत्रिएको छ ।

यस्तै दोस्रो खेलमा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा भइरहेको छ। संकटा र खुमलटारबीचको खेल एन्फा कम्प्लेक्स भइरहेको छ ।

संकटा ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।