images

‘ए’ डिभिजन लिग : संकटाले खुमलटारलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाले खुमलटारलाई १० गोल अन्तरले हराएको हो ।

संकटाको जितमा जुनियर ओन्गुएनेले निर्णायक गोल गरे । जुनियरले खेलको २७ औं मिनेटमा गोल गरेका थिए ।

संकटाको यो दोस्रो जित हो । संकटाले ६ खेलमा ९ अंक जोडेको छ ।

संकटा छैटौं स्थानमा उक्लिएको छ । खुमलटारको यो चौंथो हार हो ।

खुमलातर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।