images

‘ए’ डिभिजन लिग : न्युरोड र चर्च ब्वाइज तथा जावलाखेल र सातदोबाटो भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेल हुँदैछन् । लिगको छैटौं चरण अन्तर्गत आज हुने खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

च्यासल मैदानमा हुने एनआरटी र चर्च ब्वाइजबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । एनआरटी आज पहिलो जितको खोजीमा हुनेछ भने चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ । एनआरटी २ अंक जोडेर १३ औं स्थानमा रहेको छ । चर्च ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, आज नै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

जावलाखेल चौंथो जितको खोजीमा रहनेछ भने सातदोबाटो पाँचौं जितको खोजीमा हुनेछ । जावलाखेल ५ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यस्तै सातदोबाटो १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।