images

अब ट्विटरमा निलो चराको ठाउँमा पहेँलो कुकुर

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ ।

यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ । ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका न्युयोर्क टाइम्सले जनाएको छ ।

गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आएका छन् । अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिईओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गरेमा हुन् ।

मस्कले आफ्नो ट्विटर ह्याण्डलमा एक तस्बिर(कार्टुन) राखेर यसबारे जानकारी पनि गराएका छन् । चराको लोगो पुरानो भएकाले नयाँ लोगो प्रयोग गरिएको त्यो कार्टुनले देखाउँछ ।