images
images

उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी गर्न सकिने

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमवार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलवार तोकिदिए अनुसार आज उजुरी लिन लागिएको हो।

सोमबार चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार प्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उनीहरू माथी परेका उजुरीमाथि चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS