
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका आजका खेल सुरु भएका छन् ।
लिगको छैटौं चरण अन्तर्गत आजको खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा भइरहेको छ ।
च्यासल मैदानमा जारी एनआरटी र चर्च ब्वाइजबीचको खेल दिउँसो २ बजेबाट शुरु भएको छ । एनआरटी आज पहिलो जितको खोजीमा रहेको छ भने चर्च ब्वाइज चौंथो जितको खोजीमा छ । एनआरटी २ अंक जोडेर १३ औं स्थानमा रहेको छ । चर्च ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै, आज अर्को खेल एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।