images

‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्’-अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा ‘मोबाइल स्विच’ अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

मङ्गलवार राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले मोबाइल ुस्विच अफु गर्न सांसदहरूलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न आग्रह गरेका हुन् । उनले भने –
‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।