images

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो ।

लामिछानेविरुद्ध कुटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनि महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग गर्दै रिट दायर भएको थियो ।

युवराज सफलले उनीमाथि कीर्ते राहदानीमा मुद्दा चल्नुपर्ने दाबीसहित रिट दायर गरेका थिए। न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो ।

उनको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्न भनेपछि मंगलबारको सुनुवाइ सरेको छ । बैशाख १० गते चितवनमा हुन लागेको उप–निर्वाचनलाई लक्षित गर्दै रिट सर्वोच्चमा दायर गरिएको थियो ।