images

इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्न पाइने

काठमाडौं । अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ।

मन्त्रिपरिषद बैठकले सोमबार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ जसअनुसार अब इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न सकिने भएको हो।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्था भएकामा संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको जानकारी दिइन् ।