![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/02/gold-rate-today-yellow-metal-trades-flat-silver-holds-rs-61000.jpg?fit=600%2C450)
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च मूल्य हो । केही समयअघि मात्रै सुनको मूल्य १ लाख १० हजार पुगेर रेर्कड राखेको थियो ।
मंगलबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।