![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/03/rabi-lamichhane-1.jpg?fit=1000%2C542)
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दाको पेसी न्यायाधीश हरि फुयाँलको इजलासमा परेको छ।
मंगलबार न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज लामिछानेविरुद्धको मुद्दा फुयाँलको इजलासमा तोकिएको हो ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।