images

उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौं । निर्वाचन आयोगले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुन लागेको उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दै छ ।

आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्न लागेकाे हाे ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।

तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता परेको छ ।