काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।
बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका छन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताएका छन् । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए ।
उनले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए । भयो ।
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताए ।