images
images

रविको राहदानी प्रकरणमा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश भएको हो।

बुधबार राहदानी दुरुपयोगविरुद्ध परेको रिटमा सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा सुनुवाई भएको थियो । सो मुद्दाको सुनुवाई सकिएसँगै विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको हो ।

आज फुयाँलको एक इजसलासमा निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए। सोमबार युवराज पौडेल ९सफल० ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS