images

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय २२ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७६८ परीक्षणमा थप ९८ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।

त्यस्तै सोही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको छ ।