images

पदम लिम्बुलाई शहीद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजिहाङलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।