images

सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम 

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।