images

विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताए ।

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको जानकारी दिए ।

मन्त्री रिजालले विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गरे ।

मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानको लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।