images

‘ए’ डिभिजन लिग : जवालाखेल र खुमलटारले बराबरी खेल्दै अंक बाडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्समा शुक्रबार जावलाखेल र खुमलटारले २-२ गोलको रोमान्चक बराबरी खेल्दै अंक बाडेका छन्।

खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २-१ ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा रहेको छ । खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।