images

भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या ६ हजार ५० नाघेको छ । 

यो पछिल्लो २ सय ३ दिनको रेकर्ड संख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको संख्या २८ हजार ३०३ पुगेको छ । गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ । 

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३ दशमलव ३९ र साप्ताहिक पोजिटिभिटी दर ३ दशमलव ०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४ दशमलव ४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।