images

सरकारले आज मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्दै

काठमाडौं । सरकारले आज मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्ने तयारी गरेको छ ।

गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा बनेको पुरानै वार्ता टोली ब्युँताएर पीडितसँग वार्ता गर्न जिम्मेवारी दिएको थियो । मिटरब्याज पीडितले सल्लाह गरेर वार्ताको समय दिने बताएको वार्ता समितिका सदस्य रहेका उपसचिव दिलकुमार तामाङले जानकारी दिए ।

गत शनिबार सरकारले मिटरब्याज पीडितको एक समूहसँग पाँचबुँदे सहमति गरेको थियो । सहमति अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकारसम्पन्न आयोग बनाइसकेको छ ।

उनीहरूले मिटरब्याजीहरुले बनाएको जाली तमसुक खारेज गर्नुपर्ने र मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने मुख्य माग राखेका छन् ।