images

देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्छ : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

सिंहदरबारको फोहोर नउठ्ने भन्दै मेयर साहले शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’