images

यो साता तोलामा ८०० ले बढ्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

गत साता शुक्रबारको तुलनामा यो साता तोलामा ८०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गतसाता शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जबकी, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

यो साताको बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ सम्म पुगेको थियो । त्यसयताका २ दिन लगातार मूल्य घट्दै १ लाख १० हजार रुपैयाँमा कायम भएको हो । सुनको मूल्य बिहीबार ८०० र शुक्रबार २०० ले घटेर कारोबारमा आएको थियो ।

यसैगरी, यो साता चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ पुगेको छ ।