images

नेकपा एसका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको आरोप लगाए । उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको जिकिर गरे ।

नेता न्यौपानेले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको आरोप लगाए । उनले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण भएको उल्लेख गरे ।

नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे ।