images

ओलि भन्छन् – प्रधानमन्त्री दाहालले सर्वसाधारणलाई झुक्याईरहेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता मात्र गर्ने गरेको आरोप तगाएका छन् ।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहाल भने ढुक्कले आराम तथा आनन्द लिइरहेको बताए । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउनु पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर सर्वसाधारणलाई झुक्क्याईरहेको जिकिर गरे । उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराए ।

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढन सरकारलाई सुझाव समेत दिएका छन् । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । ओलीले अनाआवश्यक खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले आर्थिक संकटका बेला सहकारीलाई उपेक्षा गर्न नहुने तर्क समेत गरेका छन् ।