images

सभामुखद्वारा प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरुसँग भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् ।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो ।

प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ ।