images

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । संकटा आज तेस्रो जितको योजनामा हुनेछ । संकटा ६ खेलमा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र दोस्रो जितको खोजीमा हुनेछ ।

मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।

सातदोबाटो पाँचौं जितको योजनामा रहेको छ । सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आर्मी तेस्रो जितको योजनामा छ । आर्मी ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । त्यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

हिमालयन आज दोस्रो जित निकाल्न चाहन्छ । हिमालयन ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । एनआरटी पहिलो जितको योजनामा रहेको छ । एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।