images

रास्वपाद्वारा सांसद श्रेष्ठ निलम्बित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।

पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालको लागि निलम्बन गरेको हो ।

समानुपातिक सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।