images

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

आइतबार एमालेबाट सरकारमा सामेल मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका हुन् ।

आज दिउँसो कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

पुस १० मा केन्द्रको राजनीतिक समिकरण फेरिएसँगै त्यही समीकरण अनुसार कर्णाली प्रदेश सरकार यथावत रहेको थियो । तर राष्ट्रपति निर्वाचनपछि केन्द्रको राजनीतिक समीकरण फेरिए पनि कर्णालीमा भने एमालेका मन्त्रीहरु सरकारमै सहभागि रहेका थिए ।