images

काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न सरकारलाई गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । दुई तहका सरकारका बीचमा देखा परेको समस्या तत्काल सल्ट्याउनुपर्ने उनको भनाइ छ ।

सांसद थापाले देशका विभिन्न पालिका प्रमुखहरु सिंहदरबारमा कर्मचारी माग गर्न र सरुवा लगायतका कामहरु लिएर घुइँचो लागेको भन्दै सिंहदरबार घुम्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि माग गरे ।