images

‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।