images

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटी र संकटाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । एनआरटी आज दोस्रो जितको योजनामा हुनेछ । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा तेस्रो जितको खोजीमा हुनेछ । संकटा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको मनाङ आज पाँचौ जित निकाल्ने योजनामा रहेको छ । मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा छ । सातदोबाटो पनि पाँचौं जितको योजनामा छ । सातदोबाटो १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यता, च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एपीएफ आज चौंथो जितको योजनामा हुनेछ । एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं स्थानमा रहेको छ । हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।