images

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकका लागि सम्भावित कार्यसूची तयार पारिएको छ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।