images

बैतडीको झौंखेलमा जीप दुर्घटनामा मृत्यु भएकाका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सांसद जोशीको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् ।

चैत्र २८ गते साँझ जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लास समेत बुझेका छैनन् ।

सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।