
काठमाडौं । सगरमाथा आरोहणका लागि रुट फिक्सिङगर्न गएका तीन जना शेर्पा हिमपहिरोमा पुरिएका छन् ।
सगरमाथा क्षेत्रको खुम्बु आइसफलभन्दा माथि हिमपहिरोमा उनीहरु पुरिएको पर्यटन विभागले जनाएको छ ।
उक्त घटनामा बाछिरि शेर्पा, लाक्पातेम्बी शेर्पा र लाक्पारिता शेर्पा पुरिएर बेपत्ता भएका हुन् । उनीहरुको उद्दारका लागि हेलिकोप्टर पठाइएको भए पनि उद्धारमा समस्या भएको विभागले जनाएको छ ।